Duration 32:21

SS FB Live 252 बिभिन्न देशका अपडेटहरू

187 watched
0
4
Published 30 Dec 2021

आजको लाईभमा पनि हामीलेः यूएई अपडेट ⁃ यूएईमा कोभिड - १९ एकै दिनमा २,२०० संख्यामा पत्ता लागेको छ।कोभिड संख्या दैनिक रूपमा बढ्दो क्रममा। ⁃ अबुधावी प्रवेश गर्नका लागी नयॉ नियम लागू हुने। Al Hosn App मा Green Status हुनुपर्ने।नयॉ वर्ष सेलिब्रेट गर्न पार्टी तथा समारोहमा उपस्थित हुन ९६ घण्टा भित्रको नेगेटिभ पिसिआर रिपोर्ट हुनुपर्ने छ। ⁃ Winter Break पछि विधालय जानका लागी १२ वर्ष भन्दा माथीका विधार्थीले अनिवार्य रूपमा ९६ घण्टा भित्रको पिसिआर टेस्ट रिपोर्ट हुनुपर्ने। ⁃ सार्जाह इमिरेट्समा कोभिड -१९ का सुरक्षाका मापदण्डहरू उलंघन गरेका कारण ७९ सैलूनमा फाइन लाग्नुका साथै चेतावनी दिइएको छ। ⁃ एक ईन्जिनियरलाई ५००० दिराम फाइन लागेको छ विना पर्मिट Drone ���ाट illegal रूपमा Photography का कारण। ⁃ यूएईका केही विधालयहरू Jan -3 बाट २ हप्ता सम्मका लागी अनलाइन कक्षा संचालन हुने। ⁃ सचेत रहनुहोला मास्क 😷 नलगाई बाहिर ननिस्कनु होला नत्र ३००० दिराम फाइनमा परिनेछ। कुवेत:- -कुवेतमा सिमसिमे पानी परीरहेको र मौसम चिसिदै गएको छ । -कुवतमा कोरोना संक्रमितको संख्या बढ्दै । -बिश्वभर ओमिक्रोनको संक्रमन बढीरहेको परिपक्षमा पनि स्वास्थ्य मापदन्ड पुरागर्दै दैनिक १० ह्जार यात्रुलाई कुवेत भित्र्याइने । -कुवेत मोबाइल आइडीमै क्वेरन्टिन समयबढी अपडेट हुने । -कुवेतको लाइसेन्स अनलाइनबाट नबिकरण पुन: छिट्टै सुरु गरिने । -५ केजी हिरोईन सहित ४ जना एसियन पक्राउ । -कुवेतले आफू स्वतन्त्र भए देखी (सन १९९१ फेब्रोवरी देखी सन २०२१ नोभेम्बर) सम्म ४ लाख ६१ हजार आप्रवासीलाई डिपोर्ट (देश निकाला) गर्‍यो । -३४ वटा चोरिको मोटरसाइकल ��हित ३ जना आप्राबासी पक्राउ । चोरिका मोटरसाइकल उनिहरुले कम्पनीको वेयरहाउसमा राखेका थिए । -कुवेतमा कुल सवारी साधानहरुको संख्या २३ लाख २८ हजार भन्दा बढी । आप्रबासीहरुसंग मात्र ५ लाख ५२ हजार ९ वटा सवारी साधन रहेका छन । -कुवेतमा पाकिस्तानी हिरोइन तस्करलाई मृत्युदण्डको सजाय। केही महिनाअघि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषध(२ केजी हिरोइन) सहित उनलाई पक्राउ गरिएको थियो । नेपाल:- -विदेश जानेहरूले राहदानी(पासपोर्ट) र भिसा देखाएर सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकु अस्पतालबाट जोन्सन एन्ड जोन्सन खोप लगाउन पाउने । -यूनाइटेड अरब इमिरेट्स(यूएई), मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश र डिपीकेओमा प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको छ् । कतारः -कतारमा कोरोना संक्रमितको संख्या बढेसंगै चेकजाँच कडा पारिएको छ । मस्क नलगाउ�� ३ सय ३४ जना कारबाहिमा । शुक्रबारदेखि लागू हुनेगरी सबै स्थानमा मास्क अनिवार्य । -खोप लगाएको ९ महिनापछि एह्तेराज एपमा हुने गोल्डेन बक्स हराएर जाने । यो नियम फेब्रुअरी १,२०२२ देखि सुरु हुनेछ ।त्यसलाई खोप नलगाए सरह नै मानिनेछ । ।एपमा बुस्टर डोज खोप लगाएपछि पुनः गोल्डेन बक्स आउने छ । साउदी अरबः -बड्दो कोभिड संक्रमितको संख्यालाई मध्यनजर गर्दै भोलि डिसेम्बर ३० बिहिवार देखि मास्क लगाउने र सामाजिक दुरी पालना गर्न सबैलाई अनुरोध । हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

Category

Show more

Comments - 0